Logo

प्रदेशसभा सांसद र दश महिने बालकसहित ४३ जना कोरोना संक्रमित थपिए



Spread the love

३ भदौ, सुर्खेत । पछिल्लो २४ घण्टा यता कर्णाली प्रदेशमा एक जना प्रदेशसभा सांसदसहित ४३ जनामा कोरोना संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट बुधबार थप ४३ जनामा संक्रमण थपिएको जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले बताएका छ ।

महाशाखाका अनुसार सल्यानको वनगाड कुपिन्डे नगरपालिका वडानम्बर १,२,३,४ र ५ का १० महिने बालक, सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ३, ४ र ५ का ५ जना महिला र वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ की एक महिला र ४ जना पुरुष, जुम्लाको हिमा गाउँपालिका वडा नम्बर १, ३, ४, ५ र ७ का एक महिला र ६ जना पुरुष, सिँजा गाउँपालिका-५ का एक पुरुष र चन्दननाथ नगरपालिका-१ का ६० वर्षीया महिला, दैलेखको दुल्लु नगरपालिका-६, एकजना पुरुष, चामुण्डा बिन्द्रासैनी नगरपालिका वडानम्बर ३ र ७ का दुई वर्षीय बालक र २२/२२ वर्षका युवकयुवती, डोल्पाको जगदुल्ला गाउँपालिका-५ का एकजना पुरुषमा पनि संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्