Logo

मध्यरातमा घर पसेका चोरले मन्त्रीको पाैने २ लाख उडाए !



Spread the love

३ भदाै, ललितपुर – प्रदेश–२ का आर्थिक मामिला तथा योजना मन्त्रीको घरमा चोरी भएको छ । ललितपुरको इमाडोल स्थित बोजेपोखरीमा रहेको मन्त्री विजय यादवको घरमा गत राति चोरी भएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका एक अधिकृतले बताए अनुसार चोरले दुईवटा मोवाइल सेट र पौने दुईलाख पैसा चोरेको छ ।

मध्यराति १ देखी २ बजेको समयमा घरमा चोर घरमा प्रवेश गरेका थिए भने घरमा राखेको पैसा र मोबाइल झिकेर चोर भागेको मन्त्रीका परिवारले थाहा नपाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्