Logo

‘पाइलट हुँ’ भन्दै महिलाका गरगहना लुट्ने पक्राउ



Spread the love

३ भदाै, काठमाडाैँ – महिलाका गरगहना लुटपाट गरेर फरार हुने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ‘पाइलट हुँ’ भन्दै महिलासँग नजिकिने र गरगहना लुटेर भाग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

एक वर्षदेखि फेसबुकबाट महिलाहरुलाई साथी बनाई आफूलाई नेपाल एयरलाइन्सको ‘पाइलट हुँ’ भन्दै चिनाउने र गरगहना लुटपाट गर्ने काठमाडौंले कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने २३ वर्षीय रोहिनजंग शाह पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार केही महिलासँग अन्दाजी ११ तोला बाराबरको सुनका गहनाहरु र दुई थान मोबाईल सेट समेत लुटपाट गरेको खुल्न आएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्