Logo

निशेधाज्ञा उल्लंघन गर्ने एक हजार १७० जना मानिस होल्डमा, ८८४ सवारी साधन नियन्त्रणमा



Spread the love

४ भदौं काठमाडौं । निशेधाज्ञा जारी गरिएको पहिलो दिन एक हजार १७० जना मानिसलाई प्रहरीले दुई घन्टा होल्डमा राखेको छ । अत्यावश्यक काम बाहेक बाहिर निस्किएका ८८४ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

निषेधाज्ञामा पनि बाहिर हिडडुल गर्ने काठमाडौका ४३७ जना, ललितपुरका ४९८ जना र भक्तपुरमा २३५ जनालाई होल्डमा राखेको महानगरीय प्रहरीले जानकारी दिए ।

उपत्यकाको सडकमा मात्रै निशेधाज्ञाको पूर्ण रुपमा कार्यान्वयन गराउन ३३ सय प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्