Logo

सरकारको एक लाख ४ हजार जोगाउन घरमै बसाैँ !



Spread the love

५ भदौ, काठमाडौं । नेपालमा कोरोना संक्रमणको जोखिम दिनहुुँ बढीरहेको छ । कोरोना नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेको छ। पछिल्लो २४ घन्टामा थप ८३४ जना कोरोना संक्रमित थपिएका छन् ।

कोरोनाको परीक्षण गर्दा धेरै महँगो हुने भएकोले सकेसम्म स्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।

यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नेपालमा अहिलेसम्म पाँच लाख ७९ हजार आठ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा तीन अर्ब १८ करोड ९४ लाख ४४ हजार पाँच सय रुपैयाँ खर्च भएको जानकारी दिए ।

सरकारले एक जना काेराेना भाइरसकाे सङ्क्रमित पत्ता लगाउनका लागि एक लाख चार हजार ६ सय ३० रुपैयाँ खर्च भएको बताएको छ । यस्तै, आईसीयूमा राखेर एक जना मानिसलाई ३० दिन आईसीयूमा राख्दा चार लाख ५० हजार रुपैयाँ खर्च हुने प्रवक्ता गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्