Logo

पुजारी हत्या गर्नेलाई कडा कारबाही गर्न माग



Spread the love

५ भदाै, काठमाडाैँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट विद्यार्थी संगठनले रौतहटको हनुमान मन्दिरका पुजारीको हत्या गर्नेलाई कडा सजाय माग गरेको छ ।

घटनाका पछाडि कुनै आवेग र आक्रोश नभएर धार्मिक साम्प्रदायिक हिंसा फैलाउने बदनियत छ भन्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (संयुक्त) ले हत्यालाई हिन्दु धर्ममाथिको योजनाबद्ध प्रहार भएको ठहर गरेको छ । अपराधीलाई चाँडोभन्दा चाँडो गिरफ्तार गरी, गम्भीर भएर कानुनबमोजिम सजाय गर्न सरकारसँग संगठनले माग गरेको छ ।

माधवनारायण नगरपालिका २, रौतहट, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम साह तेलीको खाना खाइरहेको अवस्थामा भाद्र ३ बेलुकी गोली प्रहार गरी हत्या गरिएको थियो ।

‘उक्त गम्भीर आपराधिक घटनाको घोर निन्दा एवम् भत्सर्ना गर्दै निष्पक्ष छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु । साथै नेपाल सरकारलाई यो कुरामा गम्भीर हुन आग्रह गर्दछु,’ राप्रविसं (संयुक्त) का अध्यक्ष धनसुर शाहीले शुक्रबार जारी विज्ञप्तिमा भने ।

विद्यार्थी संगठनले अपराधीलाई छिटोभन्दा छिटो पक्राउ गरी कारवाही गर्न र मृतकलाई अविलम्ब धार्मिक सहिद घोषणा गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्