Logo

गढीमाई मन्दिरका पुजारीको मृत्यु



Spread the love

५ भदाै, राैतहट – बाराको गढीमाई मन्दिरका मूल पूजारीको मृत्यु भएको छ । रौतहट गजरा नपा–३ सिमरीगाउँका ७६ वर्षीय पूजारी दुखन धामीको मृत्यु भएको हो ।

स्थानीय समाजसेवी अन्तरे लामाले जानकारी दिएको जानकारी अनुसार दुई दिनदेखि झाडापखाला लागेका धामीको निजगढमा उपचार हुन नसकेपछि भरतपुर लिएर जाने क्रममा बाटो मै मृत्यु भएको हो ।

मृतक धामीको आजै अन्त्येष्टि गरिने बताइएको छ ।

बाराको गढी गढीमाई मन्दिरमा राैतहटका पूर्वजहरू नै पुजारी रहँदै आएका छन् । बाराको गढीमाई मन्दिर पशुबलीका लागि प्रसिद्ध छ ।

प्रतिक्रिया दिनुहोस्