Logo

भदाै १६ गतेबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय



Spread the love

५ भदाै, काठमाडाैँ – सरकारले भदाै १६ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले भदाै १६ गतेबाट सशर्त अन्तर्राष्ट्रिय उडान सुरू गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

मन्त्री खतिवडाले दिएको जानकारी अनुसार एक दिनमा ५ सय जनाभन्दा नबढ्ने गरी नियमित उडान हुनेछ । यसमा पिसिआर परीक्षण सहज भएका मुलुक तथा शहरबाट मात्र यात्रु ल्याउन पाइनेछ ।

यात्रुले नेपाल फर्कनुभन्दा ७२ घण्टाअघि पिसिआर परीक्षणको प्रमाणपत्र पेश गर्नुपर्नेछ भने पिसिआर रिपोर्ट नेगेटिभ हुनु पर्नेछ ।

विदेशी मुलुकबाट आएका नागरिकहरू कम्तिमा ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने जनाइएको छ ।

त्यसैगरी कुनै पनि वायुसेवा प्रदायक कम्पनीले पिसिआर रिपोर्ट नभएका यात्रुहरू र रिपोर्ट नेगेटिभ भएका यात्रुहरू एउटै फ्लाइटमा ल्याएको पाइएमा सबैलाई क्वारेन्टाइनमा राखेको खर्च वायुसेवा प्रदायक कम्पनीले व्यहोर्नुपर्ने समेत निर्णय सरकारले गरेको छ ।

यसअघि भदाै १ गतेबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय सञ्चालन गर्ने निर्णय भएकोमा पुनः १५ दिनका लागि रद्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्