Logo

छतबाट खसेर मजदूरको मृत्यु



Spread the love

५ भदाै, बुटवल – रुपन्देहीमा धागो उद्योगमा काम गर्ने एक मजदूरको घरको तलबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार पाल्पा रिब्दिकोट गाउँपालिका–८ घर भई हाल रुपन्देहीको मायादेवी गाउँपालिका–३ स्थित जगदम्बा धागो उद्योगमा काम गर्ने मजदूर अन्दाजी २२–२३ वर्षका कमल खाँम्चाको खसेर मृत्यु भएको हो ।

उनी आफु बस्ने क्वाटरको चारतले भवनको छतबाट शुक्रबार खसेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्