Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो



Spread the love

६ भदाै, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । हिजो ९ सय ८१ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या ९ सय ५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ६९ हजार ३९ जना संक्रमित हुँदा ९ सय ५३ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा २९ लाख ७३ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये २२ लाख २० हजारभन्दा बढी निको भइसकेका छन् भने ५५ हजार ९ सय २८ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत तेश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्