Logo

भारतबाट कोरोनाको औषधि ल्याइने, कति पर्छ मूल्य ?



Spread the love

६ भदाै, काठमाडाैँ – कोरोना संक्रमिको उपचारमा प्रभावकारी देखिएको औषधि भारतबाट नेपाल ल्याइने भएको छ । भारतका ३ वटा फर्मासिटिकल कम्पनीले ‘रेम्डेसिभिर’ नेपाललाई उपलब्ध गराउने भएका हुन् ।

ती तीनवटा भारतीय कम्पनी माइलान, सिप्ला र हेटेरो ड्रग रहेका छन् । उनीहरूले नेपालमा माग भएअनुसार औषधि उपलब्ध गराउने बताएका छन् ।

औषधी विभागका महानिर्देशक नारायण प्रसाद ढकालले बताए अनुसार ती तीनवटा कम्पनीबाट आएको रेम्डेसिभिर औषधिमात्र प्रयोग गर्न अनुमति दिइएको छ ।

ती कम्पनीबाट ५७० भाइल औषधि नेपाल ल्याइसकेको पनि ढकालले जानकारी दिएका छन् ।

आईसीयूमा भएका कोरोना संक्रमितका उपचारका लागि सफल मानिएको रेम्डेसिभिर नेपालमा उत्पादन हुँदैन ।

नेपालमा यो ७ हजार ८०० नेपाली रुपैयाँ पर्ने बताइएको छ । कोरोना संक्रमणबाट सिकिस्त बनेका बिरामीका लागि यो औषधि अमेरिका, युरोप र भारतमा पनि प्रभावकारी देखिएको छ ।

नेपालमा गरेको प्रारम्भिक अध्ययनले पनि याे औषधि प्रभावकारी रहेको देखाएको थियो ।

प्रतिक्रिया दिनुहोस्