Logo

कोरोना भाइरस छिट्टै नियन्त्रणमा आउँछ : विश्व स्वास्थ्य संगठन



Spread the love

६ भदाै, एजेन्सी – विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी फैलाइरहेको कोरोना भाइरस नियन्त्रणमा आउने बताएको छ । संगठनका प्रमुख टेड्रोस अधानम घेब्रेयससले कोरोना नियन्त्रणमा आउन सक्ने पर्याप्त आशाहरू देखिएको बताएका छन् ।

प्रमुख टेड्रोस अधानम घेब्रेयससले स्पेनिस फ्लुभन्दा थोरै समयमा कोरोना भाइरस नियन्त्रणमा आउन सक्ने बताएका हुन् ।

स्पेनिस फ्लु एक सय वर्षअघिको ठूलो महामारी हो । सन् १९१८ बाट सुरू भएको यस महामारीले २ वर्ष अर्थात् १९२० सम्ममा २ करोडभन्दा बढीको ज्यान लिएको थियो ।

त्यसैगरी कोरोना भाइरस देखिएको पनि ८ महिना पुरा भइसकेको छ भने विश्वभर ८ लाख २ हजारभन्दा बढीको ज्यान कोरोनाले लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्