Logo

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु



Spread the love

६ भदौ, काठमाडौं। सिरहाको मिर्चैयामा बुधबार मृत्यु भएका एकजना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सरहाको मिर्चैया नगरपालिका–४ कुथनमाका का ६८ वर्षीय मृतकको पीसीआर रिपोर्ट शुक्रबार पोजेटिभ आएको हो ।

पछिल्लो समय उनी रुघाखोकी र ज्वरोबाट शिकिस्त थिए । लामो समयदेखि उनी दीर्घ रोगी समेत रहेको मिर्चैयाका स्वास्थ शाखाले जानकारी दिए।

पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा बहुदरमाई नगरपालिका–४ डकैला बहुअरी बस्ने ६१ वर्षीय पुरुषको मृत्यु भएको हो । उच्च रक्तचाप, मुुटु र दम सम्बन्धी समस्याले ग्रस्त उनको स्वाब भदौ ३ गते संकलन गरिएको थियो ।

त्यस्तै, चितवनमा उपचारका क्रममा मृत्यु भएका हेटौंडाका एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ तीन गते निमोनिया भएर भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका लागि आएका ७५ वर्षीय एक वृद्धको विहीवार राति उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्