Logo

दाँत दुखेर उपचार गर्न गएका व्यक्तिको लापर्वाहीले मृत्यू



Spread the love

गुल्मी – गुल्मीको रेसुङ्गा अस्पत्तालमा दाँतको उपचार गर्न पुगेका व्यक्तिको मृत्यू भएको छ । मालिका गाउँपालिका ६ अर्जेका ५३ वर्षिय शिवलाल अर्यालको गिँजाको पिप निकाल्ने क्रममा मृत्यू भएको हो ।

सामान्य दाँत दुखेर रेसुङ्गा अस्पत्ताल भर्ना भएका अर्याललाई डाक्टरले गिँजाको पिप निकालेपछि ठीक हुन्छ भनेर अप्रेसन गरेको तर अप्रेसन पछि उनको होस नफर्केको मृतकका आफन्त बुद्धि गौतमले बताए । ‘दाँत दुखेर दिउँसो २ बजे अस्पत्ताल पुगेपछि अप्रेसन गरेर पिप निकालेपछि ठीक हुन्छ भनेर अप्रेसन गरेको तर अप्रेसन पछि उहाँ फर्कनुभएन’ उनले एकतान्यूजसंग भने ।

डक्टरको लापर्वाहीले सामान्य अवस्थाका मान्छेको ज्यान गएको आफन्तको आरोप छ । ‘तपाइँहरुले सक्नुहुन्न भने हामी बाहिर लैजान्छौँ भनेको हो, तर यहाँ हुन्छ भनेर उपचार गरेका हुन’ गौतमले भने ‘ईन्फेक्सन भएकोलाई कम्तिमा २४ घण्टा एण्टीबायोटिक दिएपछि मात्र चिरफार गर्नुपर्नेमा त्यो नगरेर डाक्टरले लापर्वाही गरे ।’

अर्यालको मृत्यू पनि उनका २१ वर्षिय छोरा अस्पत्तालमै बेहोस छन् । डाक्टरको लापर्वाहीको कारण मृत्यू भएको भन्दै मृतकको शव मृतकको शव उठाईएको छैन । ‘अस्पत्तालको लापर्वाही देखिएपछि अहिले हामीले शव छुने कुरा हुँदैन’ गौतमले भने ‘परीवार र आफन्तहरु आउँदै हुनुहुन्छ, त्यसपछि मात्र छलफल हुन्छ ।’

अस्पत्तालका डाक्टर याम भुजेलले बेलुका ८ बजे अर्यालको मृत्यू भएको बताएपनि प्रशासन अहिले बैठक बसिरहेको भन्दै थप प्रतिकृया दिन मानेनन् । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा औपचारिक कुनै जानकारी नआएको इन्सपेक्टर डाक्टर प्रसाद चौधरीले बताए । तर प्रहरीको एक टोली भने तनावग्रस्त हस्पिटलमा पुगेको उनले बताए ।

धम्क्याएर चुप लगाईन्थ्यो पहिलाका घटना

रेसुङ्गा अस्पत्तालमा डाक्टरको लापर्वाहीका कारण विरामीको मृत्यू हुने घटना धेरै भएपनि सदरमुकामका ठूलाबडाको लगानी भएको कारण डर र प्रलोभनका कारण सबे घटना गुपचुप राखिएको थियो । तर यो घटना भने सार्वजनिक भएको छ । केही समय पहिला हस्तीचौरका एक विरामीको मृत्यू भएपछि आफन्तले जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दिएका थिए ।

तर तत्कालिन प्रमुख जिल्ला अधिकारी समेतको मिलेमतोमा घटना गुपचुपमै मिलाईएको थियो । अर्खलेकी एक गर्भवती महिलाको पनि अस्पत्तालको लापर्वाहीको कारण मृत्यू भएको थियो तर सो घटना पनि राजनीतिक दवावका कारण लुकाईएको थियो ।

‘असारमा स्थानीय चुनावमा गाउँ गएको बेला मलाइ खुट्टामा गाउट ( चरम युरिक एसिड) भएछ, मेरा साथीहरू ढाल ब. पछाइ र खिम ब. अधिकारी सहित रेसुङ्गा अस्पतालमा गएँ । खुट्टामा पिप जमेको छ चिर्नु पर्छ भन्ने डाक्टरले नै आज शिबलाल अंकलको ज्यान लिएछन् ’ अर्जेकै नरेन्द्र बहादर अर्याल भन्छन् ।

प्रतिक्रिया दिनुहोस्