Logo

कोरोना संक्रमणबाट ६ वर्षीया बालिकासहित ९ जनाको मृत्यु



Spread the love

६ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टा यता नेपालमा थप ६३४ जना कोरोना संक्रमित थपिएका छन् भने ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषसहित दुई जना, पर्सामा ६१, ५८ र ४८ वर्षीय पुरुष गरी तीन जना, बारामा ५८ वर्षीय पुरुष, सिरहामा ६८ वर्षीय पुरुष, मकवानपुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

योसंगै नेपालमा कोरोना संक्रमित संख्या ३१११७ पुगेको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्