Logo

भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर पाँचको मृत्यु



Spread the love

६ भदाै, एजेन्सी – भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर पाँच जनाको मृत्यु भएको छ । सीमामा घुसपैठ गर्न खोजेको भन्दै भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको हो ।

१०३ बटालियन समूहले जनाए पाकिस्तानसँगको खेमकरन सीमामा पाँच जना भारत प्रबेश गर्न लागेको र रोक्ने प्रयास गर्दा नमानेपछि एसएसबीले गोली चलाएको थियो ।

मृतक पाँच जनासँग केही थान गोली पनि रहेको र सो बरामद गरिएको एसएसबीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्