Logo

कोरोना भाइरसका कारण ६ वर्षीय बालिकाको मृत्यु



Spread the love

६ भदाै, काठमाडाैँ – नेपालमा कोरोना संक्रमणको दर र असर निरन्तर बढीरहेको छ । कोरोना संक्रमणसँगै दिनदिनै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ।

शनिबार देशभर ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ९ जनाको मृत्यु समेत भएको छ । शनिबार मृत्यु हुनेमा एक जना ६ वर्षीया बालिका समेत रहेकी छन् ।

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सुनसरीमा ६ वर्षीय बालिकाको मृत्यु भएको जानकारी दिएका हुन् ।

शनिबार सुनसरीका ६ वर्षीया बालिका, ६८ वर्षीय पुरूष, पर्साका ३ जना पुरूष (६१, ५८ र ४८ वर्षीय), बाराका ५८ वर्षीय पुरूष, सिराहाका ६८ वर्षीय पुरूष, मकवानपुरका ५६ वर्षीय पुरूष र भक्तपुर ७३ वर्षीय पुरूष गरी ९ जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्