Logo

कोरोना संक्रमित बढ्दै गएपछि देशव्यापी लकडाउन



Spread the love

६ भदाै, एजेन्सी – कोरोना भाइरसको संक्रमणले खतराको अवस्था देखाएपछि दक्षिण कोरियाले देशव्यापी लकडाउनको घोषणा गरेको छ । दिन प्रतिदिन कोरोना भाइरस संक्रमित बढ्दै गएपछि कोरियाले पनि लकडाउनको घोषणा गरेको हो ।

यस लकडाउनको अवस्थामा नाइट क्लब सञ्चालन गर्न, खेलहरूमा समर्थक उपस्थित हुन तथा जमघटमा पूर्णरूपमा प्रतिबन्ध रहनेछन् ।

लगातार ९ दिन ३ सयभन्दा बढी कोरोना संक्रमित भेटिएसँगै कोरियाका स्वास्थ्यमन्त्री पार्क न्युङ हुले शनिबार देशव्यापी लकडाउनको घोषणा गरेका हुन् ।

कोरोना भाइरसका कारण अहिलेसम्म ३ सय ९ जनाको मृत्यु भएको दक्षिण कोरियामा १७ हजार २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत केही दिनमा देखिएका कोरोना संक्रमितहरूमध्ये अधिकांश सेउलका रहेको बताइएको छ । सेउलमा यसभन्दा अघि नै सामाजिक दुरीको नियम लगाइएको थियो ।

कोरियामा पछिल्लो समय चर्चबाट कोरोना संक्रमण फैलिइरहेको बताइएको छ । लकडाउन भएपछि चर्चहरू पनि पूर्ण रूपमा बन्द हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्