Logo

आज ८ सय १८ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

७ भदौ, काठमाडौं । आज आइतबार थप ८ सय १८ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुनो संख्या १ सय ७४ ले बढेको छ ।

२४ घण्टा याता ६३४ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौँका १२६, ललितपुरका १२, भक्तपुरका २८, झापाका १०, मोरङका ५०, सुनसरीका ९, धनुषाका ६०, पर्साका १३९, बाराका ३९, महोत्तरीका ३४, रौतहटका ९, सप्तरीका ४, सर्लाहीका ९१, सिरहाका १४, काभ्रेका २७, दोलखाका ६ र धादिङका १ जना, मकवानपुरका १, रसुवाका १, रामेछापका २, सिन्धुलीका १, कास्कीका ५, गोरखाका २, नवलरासीका ६, पाल्पाका २, प्यूठानका २, बर्दियाका २, बाँकेका ११, रोल्पाका १, जुम्लाका २, रुपन्देहीका २८, रुकुमका ७, अछामका २३, डडेल्धुराका २, दार्चुलाका १, बझाङका ३ तथा बैतडीका ४ जनामा संक्रमण पुष्टि भएको हो।

योसंगै संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ । जसमध्ये उपचारपछि निको भएर १८ हजार ६३१ जना डिस्चार्ज भएका छन् । उनीहरुमध्ये १४९ जनाको मृत्यु भएको छ

प्रतिक्रिया दिनुहोस्