Logo

गाउँपालिका उपाध्यक्ष ढुङ्गेललाई कोरोना सङ्क्रमण पुष्टि



Spread the love

७ भदाै, ओखलढुंगा – लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुङ्गेललाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । उनी गाउँपालिकामा कोरोना रोकथामका लागि सचेतना फैलाउन, क्वारेन्टिन व्यवस्थापन गर्न र सङ्क्रमितको उपचारको व्यवस्थापनमा खटिँदै आएकी थिइन् ।

गाउँपालिकाको कामका सिलसिलामा काठमाडौं पुग्दा उहाँको स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण भएको र नतिजा पोजेटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । उपाध्यक्ष ढुङ्गेल स्वास्थ्यावस्था सामान्य रहेकाले होम आइसोलेसनमा रहेकी छिन् । “स्वास्थ्यमा खासै समस्या रहेको छैन । घरैमा बसेर आराम गरिरहेकी छु । छिट्टै कोरोनालाई जितेर गाउँपालिकाको काममा फर्किने छु” उनले भनिन् ।

यसअघि जिल्लाका जनप्रतिनिधिमा कोरोना सङ्क्रमण देखिएको थिएन । लिखु गाउँपालिकामा कोरोनाको सङ्क्रमण देखिएको थियो । जिल्लामा अहिले दुई सक्रिय कोरोना सङ्क्रमित छन् । उनीहरुको जिल्ला अस्पताल रुम्जाटारमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्