Logo

निःशुल्क पीसीआर गर्दा सरकारलाई आर्थिक भार थपिन्छ : विद्यासुन्दर शाक्य



Spread the love

७ भदाै, काठमाडाैँ – काठमाडाैँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले निःशुल्क पीसीआर गर्दा सरकारलाई आर्थिक भार थपिने बताएका छन् । मेयर शाक्यले नि:शुल्क हो, एकपटक पीसीआर गरौँ’ भन्ने होडबाजीले राज्यलाई आर्थिक भार थपिने बताएका हुन् ।

शाक्यका अनुसार पीसीआर परीक्षणमा मात्रै ध्यान दिँदा देशको ठूलो धनराशी खर्च हुनुका साथै अर्थतन्त्रमा ठूलो असर पर्ने समेत बताएका छन् । उनले कोरोना रोकथामका लागि पीसीआरले मात्रै सम्भव नभएको बताउँदै सावधानी अपनाउनेतर्फ जोड दिन आग्रह गरेका छन् ।

‘गर्नैपर्ने व्यक्ति छ भने राज्यले खोजी–खोजी परीक्षण गर्छ, तर, नि:शुल्क पाइयो भनेर र पहुँचका भरमा आशंका नै नभएका व्यक्तिले पनि पटक–पटक परीक्षण गर्ने हो भने सम्भावित सङ्क्रमितको पहुँचमा परीक्षण नपुग्ने अवस्था हुनसक्छ,’ उनले थपे, ‘त्यसले राज्यलाई अनावश्यक आर्थिक बोझ मात्रै थुपार्छ ।’

उनले उपत्यकाबासीलाई निषेधाज्ञाको पूर्ण पालना गरेर सरकारलाई कोरोना रोकथाममा सघाउन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्