Logo

मृत्यु भएका व्यक्तिबाट सर्यो कोरोना



Spread the love

७ भदाै, पोखरा – कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिबाट कोरोना सरेको पुष्टि भएको छ ।

कोरोना संक्रमणबाट भदाै २ गते निधन भएका व्यक्तिबाट पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एक स्वास्थ्यकर्मीमा कोरोना सरेको पुष्टि भएको हो ।

स्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिएको जानकारी अनुसार २ गते अस्पतालको इमर्जेन्सी विभागमा पोखराका ८७ वर्षीय एक पुरुषको कोरोनाबाट निधन भएको थियो भने उनको उपचारमा खटिएका ३९ वर्षीय स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको

कोरोना संक्रमितको मृत्यु भएपछि दुई दिन अस्पतालको इमर्जेन्सी सेवा समेत बन्द गरिएको थियो ।

कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी सहित ५० जनाको स्वाब संकलन गरेर परीक्षण गर्दा एक जनामा कोरोना पोजेटिभ देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्