Logo

किम जोङ उन ‘कोमा’मा



Spread the love
हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार

८ भदाै, एजेन्सी – उत्तर कोरियाका नेता किम जोङ उन बिरामी परेको समाचार बाहिरिएको छ । दक्षिण कोरियाका मिडिया लगायत युरप तथा भारतको मिडिया हिन्दुस्तान टाइम्सले पनि उत्तर कोरियाका नेता किम जोङ उन कोमामा पुगेको समाचार प्रकाशित गरेका छन् ।

न्युयोर्क पोस्टका अनुसार उत्तर कोरियाका पछिल्ला राष्ट्रपति किम दाय जंगका राजनैतिक सल्लाहकार चाङ सन मिङले राष्ट्रपति किम कोमामा पुगेको पुष्टि गरेका हुन् ।

न्युयोर्क पोस्टमा प्रकाशित समाचार

चाङले भनेका छन्, ‘किम बिरामी भएका हुन् । तर, उनको मृत्यु भएको हैन । त्यसैले अधिकार सुम्पिने कुरा भएको छैन ।’ चाङका अनुसार किमकी बहिनीले उनी बिरामी हुँदा देश सञ्चालनमा सहयोग गरिरहेकि छिन् ।

यसअघि अप्रिल ११ मा पनि किम जोङ उनको मृत्यु भएको भन्ने खबर बाहिरिएको थियो । तर, मे २ तारिखका दिन उनी कोरियकै फर्टिलाइजर फ्याक्ट्रीमा देखिएका थिए ।

न्युयोर्क पोस्टको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

हिन्दुस्तान टाइम्सको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्