Logo

भक्तपुरमा उपचाररत बुटवलका कोरोना संक्रमितको मृत्यु



Spread the love

८ भदौ, भक्तपुर । भक्तपुरमा उपचाररत बुटवलका कोरोना संक्रमित मृत्यु भएको छ। आइतबार ५४ वर्षीय पुरुषको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारका क्रममा ज्यान गएको हो ।

मृतक मिर्गौला रोगबाट ग्रसित थिए। संक्रमण पुष्टि भएपछि डायलासिसका लागि ल्याइएको अस्पतालले जनाएको छ।

त्यस्तै, वीरगञ्जमा एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

शनिबार कोरोना संक्रमण पुष्टि भएकी पर्साको विन्दबासिनी गाउँपालिका–३ इटियाही ७० वर्षीया वृद्धाको आइतबार विहान ११ः४० बजे मृत्यु हो ।

प्रतिक्रिया दिनुहोस्