Logo

एउटै कार्यालयका ९ कर्मचारीसहित १८ जनामा कोरोना संक्रमण



Spread the love

८ भदौ, सुर्खेत । पछिल्लो समय यता सरकारी कार्यालयहरु एक पछि अर्को कार्यालयमा कोरोना संक्रमण देखिन थालेको छ । यस्तै अहिले रुकुम पश्चिमको एक सरकारी कार्यालयका ९ जना कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

साउन २८ गते बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम गएका ती कार्यालय प्रमुखको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप ९ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन ईश्वर रावलले जानकारी दिए ।

रुकुम पश्चिममा सोमबार मात्रै १८ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये १० जना सरकारकी कार्यालयका कर्मचारी, तीन जना सुरक्षाकर्मी, दुई जना भारतबाट आएका र तीन जना सानीभेरी गाउँपालिकाका वासिन्दा रहेको कोरोना फोकल पर्सन रावलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्