Logo

एकै परिवारका पाँच जनाको झुन्ड्याएर हत्या गरियो !



Spread the love

८ भदाै, एजेन्सी – भारतमा एकै परिवारका पाँच जनाको हत्या गरिएको छ । भारतको मध्य प्रदेशस्थित एक घरका पाँच जना सदस्यको उनीहरुकै घरमा झुन्ड्याएर हत्या गरिएको हो ।

एकै परिवारका पाँच जना झुण्डिएको भन्ने सुचनाका आधारमा गएको प्रहरीको टोलीले उनीहरूको हत्या भएको पुष्टि गरेको हो ।

छिमेकीले दिएको सुचनाका अनुसार उनीहरू एकै परिवारका थिए भने आइतबार राति सो घटना भएको थियो । अहिले मृतक सबैको शव पोष्ट मार्टमका लागि पठाइएको छ ।

भारतीय प्रहरीले फरेन्सिक टेष्ट गरेपछि घटना के गरी भयो र केका लागि भयो भन्ने पत्ता लाग्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्