Logo

विदेशबाट आउँदा कोरोना नेगेटिभ भएकाहरू होटल क्वरेण्टीनमा बस्नु नपर्ने



Spread the love

८ भदाै, काठमाडाैँ – विदेशबाट नेपाल आउँदा पीसीआर रिपोर्ट नेगेटिभ भएको प्रमाण लिएर आउने होटल क्वरेण्टीनमा नबसी सिधै घर जान पाउने भएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेले होटल क्वरेण्टीनमा बस्नुनपर्ने बताएका छन् । विदेशबाट आउने नागरिकले होटल क्वरेण्टीनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्री भट्टराईले पीसीआर रिपोर्ट नेगेटिभ आएकाहरु सिधै घर जान पाउने स्पष्ट पारेका हुन् ।

यसअघि उद्धार उडानबाट नेपाल आउनेले पीसीआर रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र भएता पनि एक हप्ता अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने बताइएको थियो । तर, पर्यटनमन्त्री भट्टराईका अनुसार कोरोना रिपोर्ट नेगेटिभ भएकाहरू सिधै घर जान पाउनेछन् ।

सरकारले कोरोना परीक्षण सहज भएका मुलुकहरूबाट भदाै १६ गतेबाट उडान सुरू गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्