Logo

एकै जिल्लाबाट ६७५ जना कोरोनामुक्त



Spread the love

९ भदौ, दाङ । केहि दिन यता  डिस्चार्ज हुनेको संख्या दिनप्रति दिन घढ्दो क्रम छ । आज एकै दिन ठुलो संख्यामा दाङमा कोरोना संक्रमण पुष्टि भएका मध्य ९२ प्रतिशत संक्रमित कोरोना मुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय दाङका अनुसार अहिले सम्म ७ सय २८ जना संक्रमित भएकोमा ६ सय ७५ जना कोरोनामुक्त भएका हुन् ।

घोराही उपमहानगरपालिकामा २ सय ७१ जना, बंगलाचुली गाउँपालिकामा एक सय ६० जना, दंगिशरण गाउँपालिकामा पनि संक्रमण पुष्टि भएका ५ जना, तुलसीपुर उपमहानगरपालिकामा ६५ जना, गढवामा ४३ जना, शान्तिनगरमा २५ जना, लमही नगरपालिकामा २९ जना, राप्ती गाउँपालिकामा ३२ जना, बबईमा २७ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्