Logo

एकै दिन कोरोना संक्रमणबाट दुईजनाको मृत्यु



Spread the love

९ भदौ,जनकपुरधाम। पछिल्लो केहि हप्ता यता नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । आज एकै दिन कोरोना संक्रमणबाट महोत्तरीमा दुईजनाको मृत्यु भएको छ।

बलवा नगरपालिकाका ६६ बर्षिय पुरुषको मृत्यु भएको छ। उनी लामो समयदेखि ढाड दुख्ने समस्याबाट पीडित थिए।

कोरोना संक्रमणबाट मुत्यु हुनेमा मनरा सिस्वा नगरपालिका वडा नम्बर ५ का ७५ वर्षीय र बलवा नगरपालिका वडा नं. ३ का ६६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय महोत्तरीका सूचना अधिकारी गिरेन्द्र कुमार झाले जानकारी दिए।

आज मनरा सिस्वाका ७५ वर्षीय पुरुष क्यान्सरका रोगी थिए । अस्पताल जलेश्वर ल्याउदैँ गर्दा बाटोमै मृत्यु भएपछि कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्