Logo

कर्णालीमा बगेर २ बालक बेपत्ता



Spread the love

९ भदाै, दैलेख – कर्णाली नदीमा बगेर दुई बालक बेपत्ता भएका छन् । पश्चिम दैलेखको आठबीस नगरपालिका–४ का दुई बालक देव भन्ने ठाउँमा नुहाउने क्रममा आज दिउँसो १ बजे बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा १४ वर्षीय भरत माझी र १३ वर्षीय विनोद माझी रहेको इलाका प्रहरी कार्यालय राकमले जनाएको छ ।

कर्णाली नदीमा बगेर बेपत्ताको खोजीका लागि राकम कर्णाली ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली खटाईएको र खोजी कार्य तिब्र पारिएको जिल्ला प्रहरी प्रमुख डिएसपी हरिबहादुर वलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्