Logo

काठमाडाैँ उपत्यकामा थप सात दिन निषेधाज्ञा गर्न सिफारिस



Spread the love

९ भदाै, काठमाडाैँ – काठमाडाैँ उपत्यकामा भदाै १७ गतेसम्म निषेधाज्ञा कायम हुने सम्भावना देखिएको छ ।

उपत्यकाका तीन जिल्लाको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले १० गतेसम्मको निषेधाज्ञा एक साता थप गर्ने निर्णय गर्दै सिफारिस गृहमन्त्रालयमा पठाएसँगै थप एक हप्ता निषेधाज्ञा हुने प्रबल सम्भावना देखिएको हो ।

काठमाडाैँ उपत्यकामा गत ४ गतेदेखि निषेधाज्ञा लागु गरिएको छ । ४ गतेको निषेतधाज्ञा १० गते राति १२ बजेसम्म मान्य हुनेछ ।

काठमाडाैँ उपत्यकामा दिनदिनै कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गइरहेको छ । उपत्यकामा मंगलबार मात्रै २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्