Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो



Spread the love

१० भदाै, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हिजो १ हजार ६६ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या ८ सय ४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ६६ हजार ८ सय ७३ जना संक्रमित हुँदा १ हजार ६६ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ३२ लाख ३१ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये २४ लाख ७६ हजारभन्दा बढी निको भइसकेका छन् भने ५९ हजार ६ सय १२ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत तेश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्