Logo

क्लब छोड्ने बाटो सहज बनाइदिन मेसीको अनुरोध



Spread the love

१० भदाै, काठमाडाैँ – स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर मेसीले आँफु क्लबबाट बाहिरिन लागेको जानकारी दिएका छन् । स्पेनिस पत्रिका तथा मिडियाका अनुसार मेसीले फ्याक्सका माध्यमबाट क्लबलाई सो जानकारी गराएका हुन् ।

मेसीले आँफु क्लबबाट बाहिरिन लागेको जानकारी क्लबले पाएको बार्सिलोनाले उल्लेख गरेको छ ।

२०१७ मा मेसी र बार्सिलोना बीच एउटा सम्झाैता भएको थियो । सो सम्झाैता अनुसार मेसी २०२१ जुन ३० तारिखसम्म क्लबमै रहनेछन् । तर, पछिल्लो समय क्लबको व्यवस्थापनमा कमजोरी भएको बताउँदै सो सम्झाैता रद्द गर्न र क्लबबाट आँफु बाहिरिनका लागि सहज अवस्था गरिदिन क्लबलाई जानकारी गराएका हुन् ।

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत क्वाटर फाइनलमा जर्मनको बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हारपछि मेसीले क्लब छाड्ने बनशाय बनाएका छन् ।

कीर्तिमानी ६ पटकका ब्यालोन डे’अर विजेता मेसीले २००४ मा बार्सिलोनाबाट युरोपियन फुटबलमा डेब्यु गरेका थिए । बार्सिलोनालाई १० पटक ला लिगा जिताउन मेसीको ठूलो भूमिका रहेको छ । बार्सिलोनाबाटै मेसीले चार पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि पनि चुमेका छन् ।

मेसीका पूर्व सहकर्मी कार्लस प्युयोलले पनि मेसीको निर्णयलाई स्वागत र सम्मान गरेको भन्दै ट्वीट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्