Logo

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु



Spread the love

११ भदौ, काठमाडौं । नेपाल कोरोनाभाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत कपिलबस्तुका एक पुरुषको गएराति मृत्यु भएको हो । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–१ तौलिहवाका ५० वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै पर्सामा पनि थप एक जनाको मृत्यु भएको छ । धोबिनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुषको बुधबार साँझ मृत्यु भएको हो । त्यस्तै पोखरा ११ की ३२ वर्षिया महिला संक्रमितको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएकी ति महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाृे आइसोलेसन कक्षमा उपचाररत थिइन् । 

प्रतिक्रिया दिनुहोस्