Logo

एकै चोटी थपिए ९० जना काेराेना संक्रमित, अवस्था झन् भयावह



Spread the love

११ भदौ, विराटनगर । एक महिना अघि सामान्य रहेको कोरोना संक्रमण दिनप्रति दिन उच्च हुदैन गरेको छ । अहिले प्रदेश १ मा एकै दिन ९० जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ४६, सुनसरीमा ३८, संखुवासभामा ४, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा आज ३८ संक्रमित थपिएका छन् । २० महिला र १८ पुरुष, मोरङको कटहरीमा ३ महिला ४ पुरुष र सुन्दरहरैचामा १ पुरुषलाइ कोरोना संक्रमण भएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा ४ महिला ८ पुरुष, इटहरीमा २ महिला ८ पुरुष, गढीमा २ महिला २ पुरुष, रामधुनीमा ४ पुरुष, बर्जुमा ३ पुरुष, धरानमा १ महिला २ पुरुष, इनरुवामा १ महिला १ पुरुष, संखुवासभाको खाँदबारीका ४ पुरुष, इलामका् इलाम नगरपालिकाका १ महिला र प्रदेश १ बाहिरका १ पुरुषमा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्