Logo

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो



Spread the love

१२ भदाै, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता ११ सय ११ जनाको मृत्यु भएको छ भने हिजो २७ तारिखमा १२ सय ४३ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको संख्या घटेको छ । अमेरिका विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश भएको हो । ४४ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र १ लाख ८४ हजार ७ सय ६४ जनाको मृत्यु भएको छ भने ६० लाख ४५ हजार भन्दा बढी संक्रमित भएका छन् । ३३ लाख ४५ हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्