Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो, कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड



Spread the love

१२ भदाै, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हिजो १ हजार १७ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या १ हजार ६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ७६ हजार ८ सय २६ जना संक्रमित हुँदा १ हजार ६५ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ३३ लाख ८४ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये २५ लाख ८३ हजारभन्दा बढी निको भइसकेका छन् भने ६१ हजार ६ सय ९४ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत तेश्रो स्थानमा रहेको छ । भारतमा पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमित अहिलेसम्मकै सबैभन्दा धेरै हुन् ।

प्रतिक्रिया दिनुहोस्