१२ भदाै, एजेन्सी – अस्ट्रेलियामा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । गएको २४ घण्टामा अस्ट्रेलियामा कोरोनाबाट २३ जनाको मृत्यु भएको छ ।
तर, २७ तारिखमा त्यहाँ कोरोनाबाट २४ जनाको मृत्यु भएको थियो।
गएको २४ घण्टामा अस्ट्रेलियामा १ सय १८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै अस्ट्रेलियामा जम्मा कोरोना संक्रमितको संख्या २५ हजार ३ सय २२ पुगेको छ ।
त्यसैगरी २० हजार ३ सय ६६ जना कोरोना संक्रमित उपचारपछि निको हुँदा ४ हजार ३ सय ८४ जना उपचाररत छन् ।
प्रतिक्रिया दिनुहोस्