Logo

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु



Spread the love

१२ भदौ, चितवन। कोरोना संक्रमणबाट चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको मृत्यु भएको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर १९ कि ७७ वर्षिय महिलाको उपचारका क्रममा आज विहान ६ वजे मृत्यु भएको हो ।

स्वाशप्रश्वास सम्बन्धि समस्याका कारण भदौ ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि आएकी महिलामा ९ गते संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, सिरहा नगरपालिका १ का ५५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएपछि उनलाई भदौ छ गते अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्