Logo

नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु



Spread the love

१२ भदौ, विराटनगर । शुक्रबार कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।

प्रदेश २ को लहानकी ६५ वर्षीया महिलाको शुक्रबार बिहान १० बजेर ४५ मिनेटमा उपचारका क्रममा मृत्यु भएको कोभिड १९ उपचार केन्द्रका प्रमुख डा. दिपक सिग्देलले जानकारी दिए ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा ४ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।

आज बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाका ८३ वर्षीय बृद्ध र मोरंगका ५६ वर्षीया महिला रहेका छन्।

मृत्यु भएका मध्य झापा दमक ३ घर भएका ८३ वर्षीय बृद्धको उपचारका क्रममा विहान ३ बजेर ४५ मिनेटमा मृत्यु भएको छ।

 त्यसैगरि बेलबारी – ५ मोरङ घर भएकी ५६ वर्षीया महिलाकाे शुक्रबार बिहान मृत्यु भएको प्रवक्ता डा. निदेश सापकोटाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्