Logo

मानवअधिकार उल्लंघन र लोडसेडिङको विरोधमा बृहत आन्दोलन



Spread the love

१३ भदाै, एजेन्सी – पाकिस्तान प्रशासित काश्मीरमा बृहत् प्रदर्शन गरिएको छ । पाकिस्तान सरकारको तर्फबाट नै पाकिस्तान प्रशासित काश्‍मीरमा लोडसेडिङ गराएको मानवअधिकार उल्लंघनका चरम घटनाहरु गराएको भन्दै बृहत प्रदर्शन गरिएको हो ।

सो क्षेत्रमा पीओकेको दडियाल सहरमा विशाल विरोध जुलुस तथा प्रदर्शन गरिएको हो ।

नियमित विद्युत कटौती, उच्च शुल्क, भ्रष्टाचार र प्रहरी क्रूरता र मानवअधिकारको चरम उल्लंघन गरेको आरोपमा सदा-ई-हक (भ्वाइस अफ राइट्स) पार्टीको आह्वानमा हजारौं आन्दोलनकारीहरु उक्त विरोध जुलुसमा उपस्थित भएका थिए ।

पाकिस्तान जल तथा विद्युत विकास प्राधिकरण (वापडा), सरकारी स्वामित्वमा रहेको सार्वजनिक उपभोक्ता व्यवस्थापन केन्द्रले पाकिस्तान शासित काश्‍मीरमा विद्युत र पानीमा कटौती गरिँदै आएको छ ।

आन्दोलनकारीहरुले इफ्तिखार सादिकीको पक्षमा नारा लगाए र उनलाई पीओकेका भ्रष्ट पाकिस्तानी अधिकारीविरुद्ध लड्न अगाडि बढ्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्