Logo

विद्यार्थी आन्दोलनको नेतृत्व हामी गर्छौ, अध्यक्ष:राष्ट्रवादी विद्यार्थी संघ



Spread the love

माउण्ट बुद्ध मिडियाद्वारा संचालित सल्लेरी खबर डट कम (sallerikhabar.com)को प्रस्तुती कार्यक्रम सल्लेरी आवाजमा राष्ट्रवादी विद्यार्थी संघका केन्द्रिय अध्यक्ष ताराप्रसाद अर्यालसंग राष्ट्रवादी विद्यार्थी संघले उठाएका मुल विषयहरु रोजगार, कृषि क्रान्ति, समृद्धि, माटो सुहाउँदो शिक्षा प्राणाली, विद्यार्थी संघका एजेन्डा , उद्देश्य, अन्य दलका भा तृ संगठन हरु प्रती उहाँको धाराणा, पछिल्लो राजनीति अवस्था, स्थानिय तहको चुनावी परिणाम जस्ता गहन विषयहरुमा सल्लेरि खबरका पत्रकार विकास अर्यालले लिइएको अन्तर्वार्ता ।।

तारा प्रसाद अर्यालको जन्म गुल्मिको मर्भुङ्गमा भएको हो । १२ सम्मको शिक्षा गाउँकै सरकारी बिद्यालय (मालिका उ.मा.वि) बाट सकाउनु भएका उहाँले राजनीतिशास्त्र र अङ्ग्रेजी विषयमा काठमाडौंबाट स्नातकोत्तर सकाइसक्नुभएको छ भने कल्चर विषयमा स्नातकोत्तर प्रथम वर्षमा तेस्रो डिग्री गर्दैहुनुहुन्छ । यति मात्रै हैन उहाँ एल.एल.बि दोस्रो वर्षमा समेत अध्ययनरत हुनुहुन्छ ।

तारा प्रसाद अर्याल विगत ३ वर्ष देखि राष्ट्रवादी विद्यार्थी संघका केन्द्रिय अध्यक्षका रुपमा कार्यरत हुनुहुन्छ ।

१. तारा जि सन्चै हुनुहुन्छ ?

हजुर सन्चै छु ।

२. आजभोलि के मा ब्यस्त हुनुहुन्छ ?

हाम्रो यहि पौष ८ गते राष्ट्रिय स्तरको विद्यार्थी सम्मेलन यहि भृकुटिमन्डपमा रहेको वाल्मीकि क्याम्पसमा हुँदै छ । त्यसैको तयारिमा ब्यस्त छु ।

३. नेविसंघ, अनेरास्ववियु , क्रान्तिकारी भन्दा तपाइको विद्यार्थी संघ कसरी फरक छ ?

नेविसंघ, अनेरास्ववियु , क्रान्तिकारीहरुले सुरुको अवस्थामा आन्दोलन गरे, सरकारलाई दवाब दिने गर्दथे , आफ्नै पार्टी गलत थियो भने त्यस्को खुलेर विरोध गर्दथे तर अहिलेका नेविसंघ, अनेरास्ववियु , क्रान्तिकारिका विद्यार्थीहरु पार्टीका भरौटे कार्यकर्ता जस्ता भएका छन । ठिक र गलत छुट्टाउन नसक्ने भएका छन । यहि कारणले गर्दा अबको विद्यार्थी आन्दोलनको नेतृत्व राष्ट्रवादी विद्यार्थी संगठन गर्छ र त्यो जिम्मेवारी हामी राम्रो संग निर्वाह गर्न सक्षम छौ ।

४. तपाइको विद्यार्थी संगठनका मुल मुद्दाहरू के के हुन ?

हाम्रो सङठनका मुल मुद्दा भनेका रोजगारी , माटो सुहाउदो शिक्षा प्रणाली , कृषि क्रान्ति, समृद्धि, जस्ता मुल विषयहरू छन । र यी विषयहरुलाई नेपालमै लागू गराउन सक्ने जनशक्ति हामी खडा गराउन सक्छौ । एउटा भर्खर बिहे गरेको युवा आफ्नी श्रीमतीलाई छाडेर विदेशिनु को पीडा , नेपालाका कयौं युवाहरु काम खोज्न कोरियन , हिब्रु भाषा पढ्नुको वाध्यता लाई तोड्न सक्ने जनशक्तिको खानी छ राष्ट्रवादी विद्यार्थी संगठन मा । हामि संग अहिले मत्रै ६५ जन पि.एच.डि होल्डर व्यक्तीहरु हुनुहुन्छ ।

हाम्रो तत्कालक संघर्ष भनेको आन्दोलनबाट दबाब दिनु हो । हाम्रो तत्काल पौष ८ गते विद्यार्थी सम्मेलनको आयोजना गरेका छौ । यो कार्यक्रममा दशौ हजार युवाहरुको सहभागिता रहनेछ भने सरकारलाई युवा बेच्न पाइदैन जस्ता युवा स्वरोजगारका विषयहरुमा दबाब हुनेछ भन्ने मैले विश्वास राखेको छु । देशभर चिनाउन यो कार्यक्रमको आयोजनाले सघाउ पुग्नेछ ।

१२ जना अनसन बसेर सुरुवात गरेको हाम्रो विद्यार्थी संगठन आज एक वर्ष वितिसक्दा राजधानीका मात्र १०० भन्दा बढी स्कुल कलेजहरुमा हाम्रा विद्यार्थी साथिहरुले काम गरिरहनुभएको छ र यो हाम्रो लागि राम्रो सुरुवात हो । देश भरिनै हाम्रा विद्यार्थी साथिहरुलाई ससक्त रुपमा हाम्रो विद्यार्थी संगठनमा सहभागी भएर यो महाअभियानमा सहभागी हुन पनि म अनुरोध गर्दछु । अबको विद्यार्थी आन्दोलनको नेतृत्व भनेकै राष्ट्रवादी विद्यार्थी संघ हो र त्यस्को जिम्मेवारी वहन म गर्न सक्दछु ।

– ताराप्रसाद अर्याल । केन्द्रिय अध्यक्ष । राष्ट्रवादी विद्यार्थी संघ ।

अन्तर्वार्ताको पूरा भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=AtEBx2o2nfs&t=413s

प्रतिक्रिया दिनुहोस्