Logo

विश्वका ठूला शहरहरूमा कोरोना विरूद्ध प्रदर्शन सुरू



Spread the love

१४ भदाै, एजेन्सी – कोरोना भाइरसको नाममा त्रास देखाएर सरकारले बन्दी बनाएको भन्दै जर्मनीको बर्लीनमा आन्दोलन सुरू भएको छ ।

करीब ३८ हजारभन्दा बढीको संलग्नता रहेको शान्तिपूर्ण प्रदर्शनबाट प्रहरीले २ सय भन्दा बढीलाई नियन्त्रणमा लिएको छ ।

जर्मनीसँगै युरोपका अन्य शहरहरूमा पनि यस्तै प्रकारका प्रदर्शनहरू सुरू भएका छन् ।

लण्डनको ट्रफाल्गर स्क्वायरमा हजाराैको संख्यामा मानिसहरू उपस्थित भएर कोरोना सम्बन्धित विषयको विरूद्धमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीले कोरोना रोकथामका लागि लगाइएको मास्क नयाँ फासीवाद भन्ने नारा लगाएका थिए ।

लण्डन र बर्लीन जस्तै फ्रान्सको पेरिस शहरमा पनि सोही प्रकारको प्रदर्शन भएको छ ।

प्रतिक्रिया दिनुहोस्