Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो, अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिए



Spread the love

१५ भदाै, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हिजो ९ हजार ४४ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या ९ हजार ६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ७९ हजार ४ सय ५७ जना संक्रमित हुँदा ९ हजार ६० जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ३६ लाख १९ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये २७ लाख ७२ हजारभन्दा बढी निको भइसकेका छन् भने ६४ हजार ६ सय १७ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत तेश्रो स्थानमा रहेको छ । भारतमा पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमित अहिलेसम्मकै सबैभन्दा धेरै हुन् ।

प्रतिक्रिया दिनुहोस्