Logo

पूर्वराष्ट्रपति मुखर्जीको मृत्युप्रति राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त



Spread the love

१६ भदाै, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार भएको निधनबाट आफू मर्माहत भएको बताएकी छन् ।

उहाँले आज साँझ ट्विट गर्दै नेपाली जनता, नेपाल सरकार तथा आफ्नो व्यक्तिगततर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकूल परिवारप्रति समवेदना व्यक्त गरे ।

“उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ”, ट्विटमा उल्लेख छ ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनले आफू अन्यन्तै दुखित भएको बताएका छन् ।

उनले आज साँझ ट्विट गर्दै दुःखको यस घडीमा भारत सरकार, भारतीय जनता र शोकसंतप्त परिवारप्रति समवेदना व्यक्त गरे ।

पूर्वराष्ट्रपति मुखर्जीको निधनबाट नेपालले एक महान् मित्र गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुखर्जीले विभिन्न ओहदामा रहेर नेपाल –भारत सम्बन्ध सुदृढ गर्न पु¥याएको योगदानको स्मरण पनि गरे ।

प्रतिक्रिया दिनुहोस्