Logo

प्रधानमन्त्री निवास बाट रातारात सामान गायब, नयाँ सामान नकिन्न प्रचण्डको निर्देशन



Spread the love

baluwatar

प्रधानमन्त्री निवास बालुवाटारमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरेपछि खाली भएको किचेनमा सामानहरू रातारात गायब भएका छन्।
यस्तो चोरी मन्त्री निवास देखी लिएर सिंहदरबार सम्म हुने गरेको छ। कर्मचारीहरुले मन्त्री,प्रधानमन्त्रीहरुले आफू जादा आफू सँग भएको सबै समान लिने गरेको आरोप लगाउछन् भने सोही आरोप जाने वाला मन्त्रीहरुले कर्मचारीहरूलाई लगाउछन्। यस अघि मन्त्री निवासमा भएको चोरी सार्वजनिक भईसकेका छन्।
यो यो सामान चाहियो भन्दै किन्न लगाउने अनि एस्तो सामान किन्यो भन्दै बेज्जत गर्न खोज्ने भएकोले नयाँ कुनै सामान नकिन्न प्रचण्डले निर्देशन दिएका छन्। यस अघि प्रधानमन्त्री बनेका बेला प्रचण्डले एक लाखको पलङ खरिद गरेको भनेर धेरै चर्चा भएको थियो।
तर ओछयाइने तन्ना देखी लिएर किचेनका थाल बटुका समेत चोरी भएकोले नयाँ किन्नै पर्ने कर्मचारीको तर्क छ।
प्रचण्ड शुक्रवार बेलुका ४ बजे तिर बालुवाटार सर्दै छन्।

 

प्रतिक्रिया दिनुहोस्