Logo

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु



Spread the love

१७ भदौ, काठमाडौं। कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको ज्यान गएको छ। काठमाडौं दुई, रुपन्देहीमा दुई , ललितपुर र पर्सामा एक–एकजनाको मृत्यु भएको हो।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंका ७५ वर्षीय पुरुष र तनहुँकी २० वर्षीया युवतीको मृत्यु भएको अस्पतालले जनाएको छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा मध्यपुर थिमि नगरपालिका–७, नगदेशका ४० वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले जानकारी दिए।

यस्तै, पर्साको वीरगन्जस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको सिम्रौनगढका ९७ वर्षीय पुरुष रहेका छन्।

प्रतिक्रिया दिनुहोस्