Logo

दुर्गेश थापाको संगतले शक्ति चन्द बिग्रेपछि(भिडियो सहित)



Spread the love

लोक पप गीतको दुनियाको चर्चा यतिबेला बढ्दै गएको छ र यसक्रममा शक्ति चन्द र दुर्गेश थापाको नयाँ लोक पप् गीत बजारमा आएको छ| ‘ओटे ओटे भिरबाट लोटे, यस्तै यस्तै गित गाउँछ गलकोटे’ बोलको गीत भर्खरै मात्र युटुबमा सार्बजनिक भएको हो | जसमा चन्द र थापाको स्वर रहेको छ भने गायक द्वयको अभिनय पनि रहेको छ|यस गीतमा उनको फरक फरक भुमिकामा अभिनय देख्न सकिन्छ ।जुनसुकै स्टेज कार्यक्रममा गए पनि दुर्गेशले दर्शकहरुको मन जित्न सफल भएका हुन्छन् ।त्यस्तै लोक सांगितिक क्षेत्रमा पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल बहुचर्चित गायक शक्ति चन्दले पनि दर्शकहरुको मन जित्न सफल भएका छन् । आज भोली बढी जसो स्टेज कार्यक्रममा व्यस्त हुने थापा र चन्द स्टेज तताउन र दर्शकलाई नचाउन निकै खपिस छन्।सधै नयाँ गेटअप र लुक्समा देखिन रुचाउने गायक तथा मोडल दुर्गेश थापाले लिङ्ग परिवर्तन गरे भन्दा तपाईलाई अचम्म लाग्न सक्छ ।तर यो लिङ्ग परिवर्तन भने सधैका लागी नभएर दुर्गेश थापा र शक्ति चन्दको नयाँ गित गल्कोटेको भिडियोमा देखाईएको भुमिका हो ।दर्जनौ क्यारेक्टरमार्फत एउटै भिडियोमा देखिएका दुर्गेश गाउलेदेखी रकस्टारको रुपमा प्रस्तुत भएका छन्। लोक शब्दहरु समेटेर तयार पारिएको भिडियोमा दुर्गेश आमा,बुवा,छोरा,पुलिस,मेयर लगायत दर्जनौ भुमिकामा देखिदा भिडियो थप रोमान्चक बनेको छ ।बसन्त थापाको संगीत रहेको गीतमा निर्देशनका संगै सम्पादन पनि क्रान्ति केसीले गरेका छन्| गीतको भिडियोमा मोडेल थापाले ९ छुट्टाछुट्टै भूमिकामा अभिनय गरेका छन्|

हेर्नुहोस् भिडियो:

https://youtu.be/eAORxZbiuys

 

 

 

 

प्रतिक्रिया दिनुहोस्