Logo

नेयमारलाई कोरोना संक्रमण



Spread the love

१७ भदाै, एजेन्सी – ब्राजिलियन स्टार फरवार्ड नेयमारलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेयमार सहित पीएसजीका अन्य खेलाडीमा पनि कोरोना संक्रमण भएको फ्रेन्च मिडियाहरूले उल्लेख गरेका छन् ।

पीएसजीले बुधबार विज्ञप्ती प्रकाशन गर्दै तीन जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको समेत जानकारी दिएको छ । विज्ञप्तीमा पीएसजीले कोरोना संक्रमित खेलाडी राम्रो स्वास्थ्य निगरानीमा रहने समेत उल्लेख गरेको छ ।

अर्को हप्ताबाट फ्रेन्च लिग वान सुरू हुँदैछ । सेप्टेम्बर १० मा पीएसजीले लेन्ससँग खेल्दै नयाँ सिजनको सुरूवात गर्ने तालिका रहेको ।

कोरोना संक्रमित खेलाडीहरू एक हप्ता क्वारेन्टाइनमा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्