Logo

रातो मछिन्द्रनाथको रथयात्राको विषयमा विवाद – स्थानीयबासी र प्रहरीबीच पुल्चोकमा झडप



Spread the love

१८ भदौ, काठमाडौं । रातो मछिन्द्रनाथको रथ तान्न निशेधाज्ञा तोडेर ललितपुरको पुल्चोक पुगेका हजारौंको संख्यामा रहेको भिडलाई प्रहरीले तितरबितर पारेको छ।

आक्रोशित भीडले प्रहरीको गाडीमाथि ढुंगा हानेका छन्। केही प्रहरी घाइते भएका छन् भने दुई ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट भएको छ।

सडकको बीचमा ठूलो संख्यामा प्रहरी उपस्थित छ । प्रहरीले रथ तान्नेहरुलाई अश्रुग्यास प्रहार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्